Trending :
 

श्रीलंकालाई हराउदै भारत एसीसी एसिया कप क्रिकेटको फाइनलमा

भाद्र २७,२०८०

-आस्था न्यूज

भदौ २७, २०८० काठमाडौं । 
श्रीलंकालाई हराउदै भारत एसीसी एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ ।
 
श्रीलंकाको आर प्रेमदासा क्रिकेट स्टेडियममा मंगलबार भएको खेलमा भारत ४१ रनले विजयी भएको हो ।
 
भारतले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको श्रीलंका १ सय ७२ बलमा अलआउट भयो । 
 
श्रीलंकाका लागि दुनिथ वेललेजले ४६ बलमा अविजित ४२ रन बनाए । धनन्जय डि सिल्भाले ४१ तथा चरिथ असलंकाले २२ रन बनाए । 
 
भारतका लागि कुलदिप यादवले ४ तथा रविन्द्र जडेजा र जसप्रित बुमराहले समान २र२ विकेट लिए ।
 
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४९ दशमलब १ ओभरमा अलआउट हुदै २ सय १३  रन बनाएको थियो ।