Trending :
 

घट्यो सुनको मूल्य,कतिमा कारोबार हुँदै छ ?

भाद्र २७,२०८०

-आस्था न्युज

भदौ २७ ,२०८० काठमाडौँ । 
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आठ सय रुपैयाँले घटेको छ । 
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार आठ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला  एक लाख १२ हजार दुई सय रुपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँ कायम रहेको छ । 
 
हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
 
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार तोलामा १४ सय ५ रुपैयाँ कायम थियो ।