Trending :
 

आयोग उपाध्यक्ष श्रेष्ठ र अष्ट्रेलियन राजदूतबीच शिष्टाचार भेटवार्ता

भाद्र २७,२०८०

-आस्था न्युज

भदौ २७ ,२०८० काठमाडौँ ।  
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कबीच शिष्टाचार भेटवार्ता भएको छ । 
 
सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा बुधबार आयोग उपाध्यक्ष श्रेष्ठसँग राजदूत भोल्कले शिष्टाचार भेटवार्ता गरेकी हुन् । 
 
भेटमा दुई देशबीच सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भयो । राजदूत भोल्कले जलवायु परिवर्तन, लैंगिक समानता, पछाडी परेका वर्गहरुको उत्थान साथै नेपालको पर्यटन क्षेत्रको विकास का लागि अष्ट्रेलियाले काम गरिरहेको र आगामी दिनमा पनि निरन्तर हुने बताइन् । 
 
नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया एक शैक्षिक गन्तव्य हो । नेपाली विद्यार्थीहरुको शिक्षा र सुरक्षाका लागि पनि अष्ट्रेलियाले काम गरिरहेको उनले बताइन् । 
 
उपाध्यक्ष श्रेष्ठले अष्ट्रेलियाले नेपालका लागि सामाजिक र आर्थिक विकासमा गर्दै आएको सहयोग र सहकार्यका लागि धन्यबाद दिदै आगामी दिनमा पनि निरन्तर सहकार्य हुने बताए ।