Trending :
 

यो देशमा तस्कर र भ्रष्ट मात्रै बाँच्न सक्ने अवस्था सिर्जना भयोः ज्ञानेन्द्र शाही

भाद्र २७,२०८०

-आस्था न्यूज

भदौं २७, २०८० काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले, देशमा तस्कर र भ्रष्टमात्रै बाँच्न सक्ने अवस्था सिर्जना भएको बताएका छन् । 
 
बुधबार काठमाडौंमा आयोजित राप्रपाको उपत्यका केन्द्रीत विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई भ्रष्ट र तस्करको देशको रुपमा विकशित गरिएको भन्दै असल मानिस देश छोड्न बाध्य भएको बताए । 
 
उनले भने ‘१२ हजार भन्दाबढीले जागिर छोड्दै छन् । यो देशमा तस्कर र भ्रष्टमात्रै यदी कोही भ्रष्टचारी कर्मचारी छ भने  मात्रै बाच्न सक्छ इमान्दार कर्मचारी यो देशमा बाच्न सक्दैन त्यस्तो अवस्था सिर्जना भएको छ ।’
उनले ८४ मा चुनाव जितेर मात्रै पनि कुनै उपलब्धि नहुने उनको तर्क छ । जो सुकै आएपनि परिर्वतनको आभास नहुने हो भने त्यसको कुनै अर्थ नहुने बताए । 
 
उनले भने ‘ हिजो अरु थिए आज हामी छौं । परिर्वतन के भयो ? जनताको जीवनमा के परिर्वतन भयो । हामीले विदेश जानेलाई रोक्न सक्यौं ? कोही अन्यायमा परेकोलाई न्याय दिन सक्यौं ? बालुवाटार काण्ड खाने माधव नेपाल र बाबुरामलाई थुन्न सक्यौं ? त्यो हुनाले ठुलालाई चैन र सानालाई ऐनको यो परम्परालाई तोड्न जरुरी छ ।’ 
 
उनले नेपाल सनातन हिन्दु राष्ट्र रहेको र भोलि पनि रहने जिकिर गरे ।