Trending :
 

तोलामै हजार रुपैयाँले घट्यो सुन

भाद्र २८,२०८०

-आस्था न्यूज

भदौ २८ २०८० काठमाडौं ।
बिहीबार नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ । 
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले मूल्य घटेर १ लाख ११ हजार दुई सय रुपैयाँ कायम भएको छ । 
 
बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।  आज तेजाबी सुनको मूल्य स्थिर छ । तेजाबी सुन प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँ रहेको छ । 
 
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदरी प्रतितोला तोलामा १३ सय ९० रुपैयाँ कायम थियो ।