Trending :
 

नेपाली राजनीतिमा नेम्वाङको अभाव आजैबाट सुरुः सांसद बर्तौला

भाद्र २८,२०८०

-आस्था न्यूज

भदौ २८ २०८० काठमाडौं ।
नेकपा एमालेका सचेतक महेश बर्तौलाले नेपाली राजनीतिमा सुवास नेम्वाङको महशुस आजैबाट सुरु भएको बताएका छन् ।
 
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा शोक पारित भएपछि पत्रकारहरुसँग कुराकानी गर्दै नेपालको राजनीतिले यो क्षतिपूर्ति गर्नको लागि निकै लामो समय कुर्नुपर्ने बताए । 
 
‘नेपाली राजनीतिमा उहाँको महशुस आजैबाट सुरु भइसक्यो’ उनले भने, ‘नेपालको यो क्षतिपूर्ति गर्नको लागि निकै लामो समय कुर्नुपर्छ ।’
 
सिंङगो देशले निकै ठूलो अभाव महसुस गर्ने उनको भनाई छ । उनले युवा पुस्ताका लागि नेम्वाङ विश्वविद्यालयसरह भएको बताए ।