Trending :
 

नेकपा एमालेद्वारा नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

भाद्र २८,२०८०

-आस्था न्यूज

भदौ २८ २०८० काठमाडौं ।
नेकपा एमालेले संविधानसभाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य एवं पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । 
 
बिहीबार बसेको संसदीय दलको बैठकले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको हो । 
 
उक्त बैठकमा अध्यक्ष केपी ओली शर्माले आफनो दायाँपट्टि सोफाको सधैं बस्ने स्थान खाली राखेर भारी मनका साथ दलको बैठकमा उपनेता सुवासचन्द्र नेम्वाङलाई सम्झिनु परेको बताए । 
 
उनले देश, जनता र पार्टीप्रति गरेको त्याग कहिले नभुल्ने र यो नेम्वाङको निधन सबैको लागि ठूलो क्षति भएको बताए ।