Trending :
 

नेकपा एसको केन्द्रीय सदस्यमा थपिए २१ जना

भाद्र २८,२०८०

-आस्था न्यूज

भदौ २८ २०८० काठमाडौं ।
नेकपा एकीकृत समाजवादीले २१ जना केन्द्रीय सदस्य मनोनित गरेको छ । भाद्र ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयको अपानी जारी गर्दै नेकपा एसले केन्द्रीय सदस्य थप गरेको जानकारी गराएको हो । 
 
नेकपा एसका अध्यक्ष माधव नेपालले जारी गरेको अपानीमा थजिएका सदस्यहरुमा अजबहादुर मल्ल -बाजुरा, ओमचरण अमात्य-भक्ततपुर,गौतम राई काठमाडौं, गोविन्द चेपाङ –मकवानपुर, चन्द्रा श्रेष्ठ –झापा,चिरञ्जीवी भट्टराई –सुनसरी, जयप्रकाश यादव – बारा,दिपक केसी – काठमाडौं,धनबहादुर कार्की –दोलखा,धर्म शाही – मुगु, नन्द बञ्जाडे –काठमाडौं, बरुनाथ योगी – दैलेख,बैकुण्ठ भुसाल – पर्बत, भक्तिमान सुब्बा– पाँचथर,मिना लामा –मकवानपुर, रामप्रसाद ढुंगाना काठमाडौं– लंक हमाल – कपिलवस्तु शालिकराम भट्टराई –नवलपरासी पूर्व, शिवकुमारी खनाल– काठमाडौं, शैलेन्द्र उपाध्याय – रूपन्देही र सुदेश पराजुली, काठमाडौं रहेका छन् ।