यस्तो छ दिपक-दिपाको आईएनआई सिनेमा हल (फोटोफिचर)
-आस्था न्यूज
भदौ २९, २०८० काठमाडौं ।
कलाकार तथा निर्देशक दीपकराज गिरी, दीपाश्री निरौलालगायतले निर्माण गरेको आईएनआई सिनेमा हल आजबाट सञ्चालनमा ल्याइएको छ ।
काठमाडौंको नयाँ बानेश्वरमा शुक्रबार कार्यक्रम आयोजना गरी हल सञ्चालनमा ल्याइएको जानकारी दिइएको हो ।
कार्यक्रममा दीपकराज गिरीले निर्माता र प्रदर्शकमा फरक भएको बताए ।
उनले भने,‘यो निकै गाह्रो कुरा हो । सिनेमा निर्माण र प्रदर्शनको व्यापार एउटै भए पनि गर्न कठिन छ । निर्माता र प्रदर्शक फरक कुरा हो ।’
कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले एकजना कलाकारले मिहिनेत गर्यो भने सिनेमा हलको मालिक पनि हुन सक्ने रहेछ भन्ने सन्देश प्रवाह भएको बताए ।
उनले भने, ‘यो सबै चलचित्रमकीहरुको लागि एकदम राम्रो सन्देश हो र व्यवसायीहरुका लागि पनि राम्रो सन्देश हो । आउने दिनमा चलचित्र क्षेत्रमा आएको आर्थिक समस्या विस्तारै सुध्रिएर जानेछ ।’
पछिल्लो समय नेपाली रजतपटमा सफल जोडीका रूपमा रहेको दीपक र दीपाश्री एवं उनीहरुको समूहले सिनेमा हल निर्माण गरेर सञ्चालनमा ल्यााएका हुन् ।
दुईवटा स्क्रिन रहने सिनेमा हलमा चारसय सिट छन् । निर्माण लागत करिब १० करोड रहेको दीपकले बताए । सिनेमा हलमा दीपकसँगै दीपाश्री, निर्मल शर्मालगायत ‘छक्का पञ्जा’ टिम र सञ्चारकर्मी प्रभात रिमालको कम्पनीको लगानी छ ।
यस्तो छ दिपक दिपाको फिल्म हल (फोटोफिचर)








