Trending :
 

प्रधानमन्त्री र चिनीयाँ राष्ट्रपति शीबीचको भेट हाङजाओमा हुने

भाद्र २९,२०८०

-आस्था न्यूज

भदौ २९, २०८० काठमाडौं । 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, चिनियाँ राष्ट्रपति शी जिनपिङसंग हाङजाओमै भेटवार्ता गर्ने तय भएको जानकारी दिएका छन् । 
 
आफ्नो आसन्न चीन भ्रमणबारे संसदलाई जानकारी दिँदै उनले चिनियाँ राष्ट्रपति शीसँग हाङजाओमै भेटवार्ता हुने जानकारी दिएका हुन् । 
 
२५ सेप्टेम्बरमा आफ्ना चिनियाँ समकक्षीसँग बेइजिङमा भेटवार्ता गर्ने तय भएको उनले सदनलाई जानकारी गराए ।
 
लगतै १९औं एसियन्स गेम्सको उद्घाटन समारोहमा पनि सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्री दाहालले जानकारी दिए ।
 
आफ्नो प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेर ५ असोजमा न्यूयोर्कबाटै चीन जाने कार्यक्रम छ ।