मुलुकलाई विदेशीको क्रियास्थल बनाउन खोजिएको पूर्व प्रधानमन्त्री खनालको आरोप
-आस्था न्यूज
भदौ २९, २०८० काठमाडौं ।
एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले, मुलुकलाई विदेशीको क्रिडास्थल बनाउन खोजिएको भन्दै आक्रोश पोखेका छन् ।
काठमाडौंमा समाजवादी सहकारी संगठनको प्रथम स्थापना दिवसलाई सम्बोधन गर्ने क्रममा उनले, दुइतिरका ठुला छिमेकीले पनि आ आफ्नो स्वार्थ स्थापनाको प्रयास गरेको र एउटा टाढाको देशले नेपालीको आस्थालाई किन्ने कोसिस गरिरहेको आरोप लगाए ।
धरानमा देखिएको घटनाले देशभर फैलाउने कोसिस भइरहेको आशंका छ ।
‘अहिले पनि हाम्रो देशमा अमेरिकी सेना आएर टे«निङ गरिरहेको छ । यो कार्यक्रम भइरहदाँ पनि । घनिभूतरुपले त्यो प्रकारको जुन अवस्था सिर्जना हुँदैछ । यो सुखद कुरा होइन् ।’ उनले भने ‘हाम्रो देशलाई विभिन्न कारणले चै प्रयोग गर्न खोजिँदैछ ।’ उनले भने ‘यो शान्त देश, यो बुद्धको देश, तपाई हामी सबै शान्तिप्रिय जनता हौं । हामी शान्ति चाहान्छौं । हामी कसैसँग लड्न चाहाँदैनौं । हामी हाम्रो देशलाई स्वतन्त्र राख्न चाहान्छौँ । सार्वभौम सत्ता सम्पन्न बनाउँन चाहान्छौँ । हिजो गरिएका असमान सन्धिपनि हामी रद्द गर्न चाहान्छौंँ ।’
उनले एमसीसी नेपालको निधारमा लगाइएको कलंकको टिका भएको उनको दाबी छ ।