Trending :
 

असाउदी प्रो लिगमा अल नासरको लगातार चौथो जित

भाद्र ३१,२०८०

-आस्था न्यूज

भदौ ३१, २०८० काठमाडौं ।
साउदी प्रो लिग अन्तर्गत अल नासरले लगातार चौथो जित निकालेको छ ।
 
शनिबार राती भएको खेलमा क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेके अल नासरले अल रइदलाई पराजित गरेको हो ।
 
अल नासर ३-१ गोल अन्तरले विजयी भएको थियो । 
 
रोनाल्डो, साडियो माने र टलिस्काले समान १-१ गोल गरेका थिए ।
 
त्यसै गरि अल रइदका लागि एक सान्त्वना गोल मुहमद फुजायरले गरेका थिए ।
 
यो जितसँगै अल नासर ६ खेलबाट १२ अंक सहित लिगमा छैटौं स्थानमा रहेको छ ।
 
त्यस्तै, अल रइद भने ६ खेलमा ४ अंक सहित पन्ध्रौं स्थानमा रहेको छ।