Trending :
 

पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य

भाद्र ३१,२०८०

-आस्था न्यूज

भदौ ३१, २०८० काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार पाँच सय रुपैयाँले बढेर सुन प्रतितोला १ लाख १२ हजार तीन रुपैयाँमा कारोबार भइरहेको छ ।
 
त्यस्तैतेजाबी सुन प्रतितोला १ लाख ११ हजार ७५० रुपैयाँ कायम रहेको छ । शुक्रबार छापावाल  सुन प्रतितोला  एक लाख ११ हजार आठ रुपैयाँ र तेजावी सुन एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो । 
 
सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला एक हजार ४०० सय रुपैयाँमा कारोबार भइरहेको छ।