Trending :
 

संसद् र सरकार दुवैमा स्थिरता हुनुपर्ने बिमलेन्द्र निधिको जोड

भाद्र ३१,२०८०

-आस्था न्यूज

भदौ ३१, २०८० काठमाडौं ।
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाका सांसद बिमलेन्द्र निधिले संसद र सरकार दुवैमा राजनीति स्थिरता हुनुपर्ने बताएका छन् ।
 
आइतबार नेपाल प्रेस युनियनले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताए । 
 
उनले देशमा कुनै एक पार्टीको पनि बहुमत नभएकाले गठबन्धन बनाउनुपरेको उल्लेख गर्दै  सरकारले स्थिररूपमा काम गर्न आवश्यक रहेको बताए । 
 
सञ्चारकर्मीहरूले प्रधानमन्त्री हेरफेर हुने सम्भावना रहेको प्रश्नमा उनले हाल सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहालपछि नेकपा(एस)का अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने पूर्वसहमतिमा गठबन्धन दल रहेको बताए ।