Trending :
 

युवा शक्तिलाई देशमै रोक्न आवश्यकः अध्यक्ष नेपाल

आश्विन ०३,२०८०

-आस्था न्यूज

असोज ३, २०८० काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले युवा शक्तिलाई देशमै रोक्न आवश्यक रहेको बताएका छन् ।
 
बुधबार काठमाडौंमा आयोजित नेपाल रिटर्नी एशोशिएसनको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले देशको श्रम शक्ति युवालाई विदेशिनबाट रोक्न आवश्यक रहेको बताएका हुन् । 
 
उनले भने, ‘हामीले हाम्रो देशको श्रम शक्ति युवालाई देशमै रोक्न सकेको छैनौं लेख्नको लागि लेखेको छौं बजेटमा पढाउँदै, पढ्दै काम गर्दै तर काम र व्यवहारमा त्यो हुन सकेको छैन । त्यसैले कसरी हामीले नीतिहरुलाई व्यवहारमा लागू गर्न सङ्कल्प चाहिन्छ । प्रस्ट योजना चाहिन्छ ।’
 
उनले सरकारले गरेको राम्रो काममा समाजवादी मोर्चा र पार्टील पुरै साथ दिने बताए । संविधानमा उल्लेख गरिएका हिसाबले सरकारले प्रतिबद्धता गरेको कुराहरू व्यवहारमा लागू गरेर अघि बढ्न सरकारलाई आग्रह गरे । 
 
उनले भने, ‘हामी सरकारलाई संविधानमा उल्लेख गरिएका कुराहरू आफैले जुन हिसाबले प्रतिबद्धता गरिएको छ, ती कुराहरू व्यवहारमा लागू गरेर देखाउनका लागि अगि बढ्न आग्रह गर्छु । समाजवादी मोर्चाले र समाजवादी पार्टीले राम्रो कामको लागि सरकारलाई पुरै साथ दिने छ ।’