Trending :
 

नागरिकता विधेयक पारित भए पनि समस्या उस्तैः अध्यक्ष ठाकुर

आश्विन ०३,२०८०

-आस्था न्यूज

असोज ३, २०८० काठमाडौं ।
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संविधान दिवसको विरोध गरेको छ । बुधबार काठमाडौंमा कार्यक्रम गर्दै लोसपाले संविधान दिवसको विरोध गरेको हो । 
 
उक्त कार्यक्रममा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले नागरिकता विधेयक पास गरे पनि बिना पैसाको केही पनि काम नहुने बताएका छन् ।
 
उनले भने ‘नागरिकता विधेयक कहिले राष्ट्रपतिबाट रोक्ने, कहिले के गर्ने कार्यहरु भए । बल्ल बल्ल पारित भयो । सबैले त हैन कोही कोहीले नागरिकता पाइरहेका छन् तर दुःखको कुरा के छ भने बिना पैसा पाइरहेका छैनन् । भ्रष्टाचार कयौं गुणा हरेक क्षेत्रमा प्रष्ट देखिएको छ ।’
 
देशको हरेक क्षेत्रमा भ्रष्टाचार प्रष्टै रुपमा देखा परेको बताए । महँगी बढेको र यसलाई नियन्त्रण गर्न सरकारले कुनै चासो नदेखाएको उनको भनाई छ ।