स्वास्थ्य क्षेत्रमा धेरै सुधारको काम गरेका स्वास्थ्यमन्त्री बस्नेतको दाबी
-आस्था न्यूज
असोज ३, २०८० काठमाडौं ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा मन्त्रालयले धेरै सुधारको काम गरेको बताउनुभएको छ । मिर्गौलाका बिरामीलाई जुटाएको सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा आज सहभागी हुँदै उहाँले स्वास्थ्य क्षेत्रमा लामो समयदेखिका यथावत समस्या समाधान गर्न सफल भएको दाबी गर्नुभयो ।
उहाँले विभिन्न बहानामा केन्द्रमा मात्र समिति चिकित्सकलाई देशका विभिन्न विकट स्थानमा खटाएको बताउनुभयो । उहाँले चिकित्सकको दरबन्दी बढाउनका लागि मन्त्रालय लागि परेकोसमेत जानकारी दिनुभयो । “अहिले अधिकांश डाक्टर गाउँ गइसक्नुभएको छ”, मन्त्री बस्नेतले भन्नुभयो, “चार भागमा एक भागमात्र कर्मचारी छन, दरबन्दी बढाउनका लागि सरकारले बजेट व्यवस्था गरेको छ तर योबीचमा विशेष बजेटको व्यवस्था गराएर दरबन्दी बढाउने कुरामा मन्त्रालय लागि परेको छ ।”
उहाँले अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी सुविधासम्पन्न ठाउँमा बस्ने, गाउँ नजाने, काजमा बस्ने, भनसुनका आधारमा बस्ने र मेडिकल बोर्डको सिफारिसमा १६ वर्षसम्म काठमाडौँमै बस्ने प्रवृत्तिलाई नियन्त्रण गरेको बताउनुभयो । उहाँले मेडिकल बोर्डलाई जथाभावी सिफारिस नगर्न निर्देशन दिएको बताउनुभयो ।
मन्त्री बस्नेतले दुवै मिर्गौला पीडित भोटेकोशी गाउँपालिका–४ नारायणथानका निवासी तेम्बा छिरिङ शेर्पालाई निःशुल्क उपचारकोे व्यवस्था गर्ने मन्त्री बस्नेतले प्रतिबद्धता गर्नुभयो । उहाँले भोटेकोशी गाउँपालिकाकै ज्ञानबहादुर श्रेष्ठको मिर्गौला प्रत्यारोपणका लागि सहयोग गर्न बताउनुभयो