Trending :
 

विनिमय दरः घट्यो युरो र पाउण्डको भाउ

आश्विन ०४,२०८०

-

असोज ४, २०८० काठमाडौं । 
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज युरो र पाउण्डको भाउ घटेको छ । 
 
आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६२ पैसा र बिक्री दर १३३ रुपैयाँ २२ पैसा रहेको छ ।  युरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५७ पैसामा झरेको छ ।
 
हिजो युरो एकको खरिद दर १४२ रुपैयाँ ३१  पैसा र बिक्री दर १४२ रुपैयाँ ९५ पैसामा कारोबार भएको थियो । 
 
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ९६ पैसा र बिक्री दर १६४ रुपैयाँ ७१ पैसा रहेको छ  । यता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।