Trending :
 

संसारसँग प्रतिष्पर्धा गर्ने क्षेत्र सूचना, प्रविधि नै होः मन्त्री शर्मा

आश्विन ०५,२०८०

-आस्था न्यूज

असोज ५, २०८० काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसारसँग प्रतिष्पर्धा गर्ने क्षेत्र सूचना तथा सञ्चार प्रविधि नै भएको बताएकी छिन् । 
 
भएकाले यसमा सबै सरोकारवालाको ध्यान जानुपर्ने बताउनुभएको छ । 
 
शुक्रबार काठमाडौंमा आयोजित यूनियन अफ आइसिटीएस प्रोफेसनल्स नेपालले आयोजना गरेको ‘नेपालमा दिगो रोजगारी  आर्थिक वृद्धिका लागि सञ्चार क्षेत्रको सुदृढीकरण’ विषयक सामाजिक संवादलाई सम्बोधन गर्दै उनले संसारसँग प्रतिष्पर्धा गर्ने क्षेत्र सूचना तथा सञ्चार प्रविधि भएकाले यसमा सबै सरोकारवालाको ध्यान जानुपर्ने बताएकी हुन् । 
 
सूचना तथा सञ्चार प्रविधिको विकासका लागि सरकारले नीति, कानुन र पूर्वाधार निर्माणका काम गर्ने उल्लेख गर्दै उनले निजी क्षेत्रले लगानी बढाउनुपर्ने बताईन् ।  उनले भनिन्, ‘सरकारले चालु आर्थिक वर्षको बजेटबाटै आत्मनिर्भर अर्थतन्त्रको आधारः स्वदेशमै उत्पादन र रोजगार भन्ने नाराका साथ सूचना प्रविधि क्षेत्रलाई पनि समेटेर सबै स्थानीय तहमा राष्ट्रिय उत्पादन र रोजगार प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिसकेको छु । सूचना प्रविधिमा आधारित उत्पादन बृद्धि र रोजगार प्रवर्धनका लागि संघीय सरकारले कानुन, पूर्वाधार र जनशक्ति उत्पादनमा ध्यान केन्द्रित गरेको छ भने प्रदेश र स्थानीय तहहरुलाई पनि यसका लागि हामीले प्रोत्साहन गरिरहेका छौं ।’
 
उनले अहिले सूचना तथा सञ्चार प्रविधिको प्रयोग बढेसँगै स्वतः सूचना प्रविधिमा आधारित कारोबार पनि बढेको बताईन् । 
 
उनले भनिन्,‘जहाँसम्म दिगो रोजगारी र आर्थिक वृद्धिका लागि सूचना प्रविधि क्षेत्रलाई सुदृढ गर्ने सवाल छ, यो महत्वपूर्ण विषय हो । कुनै पनि वस्तु वा सेवाको आवश्यकता र माग बढ्नु भनेको त्यसको मूल्य र महत्व पनि बढ्नु हो ।
 
जसरी अहिले सूचना तथा सञ्चार प्रविधिको प्रयोग बढेको छ, यसले स्वतः सूचना प्रविधिमा आधारित कारोबार पनि बढाएको छ । हामीले अहिलेसम्म आयातित सूचना प्रविधिका उत्पादनहरु बढी प्रयोग गरिरहेका छौं, अब हामीले देशभित्रै सूचना प्रविधिमा आधारित उत्पादन बढाउनेतिर ध्यान दिनुपर्ने बेला आएको छ ।’