Trending :
 

कालोबजारी र भ्रष्टाचार नियन्त्रणमा सरकारलाई ‘वार्निङ’ गर्न जरुरीः गुरु बराल

आश्विन ०५,२०८०

-आस्था न्यूज

असोज ५, २०८० काठमाडौं ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले कालोबजारी र भ्रष्टाचारका कारण देश र समाज नाजुक अवस्थामा पुगेको टिप्पणी गरेका छन् । शुक्रबार बसेको कांग्रेसको केन्द्रीय समितीको बैठकमा उनले कालो बजारी नियन्त्रण गर्नका लागि सरकारलाई पार्टीले ‘वानिङ’ दिनुपर्ने बताए । 
 
उनले भने, ‘मुलुक धेरै जरजर अवस्थामा छ । समाजमा विकृति र विसंगती धेरै छ । व्यवसायमा ठूलो मात्रामा कालोबजारी र भ्रष्टार भएको छ । हामी सहमतिको सरकारमा छौं । सरकारमा साझेदारी गरिरहेका छौं । आपूर्ती मन्त्रालय हामीसँगै छ तुरुन्त हामीले सरकारलाई वार्निङ गर्न जरुरी छ की तुरुन्त नियन्त्रण र अनुगमन गर भनेर ।’ 
 
उनले बढिरहेको महंगी नियन्त्रणका लागि सरकार खरो भएर प्रस्तुत हुनेपर्ने बताए । जनताको चुलोचौको धेरै महंगो भएको र देशको अर्थतन्त्रलाई भरथेग गर्न व्यावसायीहरूलाई राहत दिने काम सरकारले गर्नुपर्ने उनको भनाइ छ ।