Trending :
 

अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पहिलो पहिलो टोलिलाई सम्मान

आश्विन ०५,२०८०

-आस्था न्यूज

असोज ५, २०८० काठमाडौं ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक सहभागिता जनाएका नेपाली क्रिकेट टोलीलाई आज सम्मान गरेको छ । 
 
सन् १९९६ देखि अन्तर्राष्ट्रिय खेल खेल्न थालेको नेपाललले पहिलोपटक मलेसियामा भएको एसिसी ट्रफी खेलेको थियो । उक्त प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीका सबै खेलाडी र प्रशिक्षकलाई क्यानको केन्द्रीय साधारणसभा तथा अधिवेशनका क्रममा सम्मान गरिएको हो । 
 
कार्यबाहक प्रधानमन्त्री एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले उक्तसाधारणसभा शुभारम्भ गर्नाका साथै खेलाडीलाई सम्मानपत्र पनि प्रदान गर्नुभयो । उहाँले नेपाली क्रिकेट टोलीले पछिल्लो समयमा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै क्रिकेट खेलको विकास र विस्तारका लागि भौतिक पूर्वाधारको विकास हुन आवश्यक रहेको बताउनुभयो । 
 
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यस कार्यसमितिले क्षमताले भएसम्म उत्कृष्ट काम गरेको यही कार्यकालमा नेपालले पहिलो पटक एसिया कप खेल्न सफल भएको बताउनुभयो । 
 
सम्मानित हुने खेलाडीमा उत्तमकुमार कर्माचार्य ९तत्कालीन कप्तान०, बसन्त शाही ठकुरी, जगतबहादुर टमाटा, लेखबहादुर क्षेत्री, ९एलबी० मनिषराज पाण्डे, सन्जय गुरुङ, किरणशम्शेर राणा, राजु खड्का, पवनकु