Trending :
 

आइतबार विदेशी मुद्राको विनिमय दर कति ?

आश्विन ०७,२०८०

-आस्था न्यूज

असोज ७, २०८० काठमाडौं।
नेपाल राष्ट्र बैंकले आज असोज ७ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
 
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४० पैसा र बिक्री दर १३३ रुपैयाँ शून्य पैसा पुगेको छ।
 
युरो एकको खरिद दर १४० रुपैयाँ ८६ पैसा र बिक्री दर १४१ रुपैयाँ ५० पैसा रहेको छ।
 
बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ०७ पैसा र बिक्री दर १६२ रुपैयाँ ८१ पैसा रहेको छ।
 
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।