Trending :
 

नेपाली शब्दकोशबाट ‘ॐ’ हटाउन लागेको भन्दै कांग्रेस नेता आक्रोशित

आश्विन ०७,२०८०

-आस्था न्यूज

असोज ७, २०८० काठमाडौं ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले नेपाली शब्दकोशबाट ‘ॐ’ शब्द हटाउन लागिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले आफूले पाएको सूचनाअनुसार ‘ॐ’ शब्द हटाउन लागिएको भन्दै त्यस कार्यलाई तत्काल रोक्न सरकारलाई निर्देशन दिनुपर्ने बताए । 
 
आइतबार कांग्रेसको केन्द्रीय समितिको बैठकमा उनले शब्दकोशबाट ‘ॐ’ अक्षर हटाउन लागिएको भन्दै सरकारको विरोधसमेत गरे । 
 
नेता भण्डारीले भने, ‘नेपाली शब्दकोशबाट ‘ॐ’ हटाइँदैछ । आजकै बैठकबाट एउटा निर्णय गरियोस् । सरकारलाई निर्देश गरियोस् । यो हद भयो, अति भयो । सरकारसँग स्पष्ट जवाफ मागियोस् । यो कुरा सत्य हो भने सरकारले यो कार्य तुरन्त बन्द गरोस् ।’
 
उनले महासमिति बैठकमा हिन्दुराष्ट्रको ‘एजेन्डा’ पनि राख्न मागसमेत गरेका छन् । नेता भण्डारीले भने, ‘हामी पनि निर्वाचित केन्द्रीय सदस्य हो । देशभरिका कार्यकर्ताको आवाज हो । यो मूल एजेन्डा बनाउनुस् । नत्र धेरै अप्ठ्यारो पर्नेछ ।’