Trending :
 

अपर लोहोरे खोला हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत

आश्विन ०७,२०८०

-आस्था न्यूज

असोज ७, २०८० काठमाडौं ।
अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से०मा सूचीकृत भएको छ । ७ असोज आइतबार नेप्से र अपर लोहोरे खोला हाइड्रोपावर बीच सेयर सूचीकरण सम्झौता भएको हो ।
 
कम्पनीको कुल ५० लाख ९८ हजार ४० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको सार्वजनिक निष्कासन भएको ४ लाख ९८ हजार ४० कित्ता र संस्थापक सेयरधनीको २६ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
 
कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै सोमबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिने भएको छ । नेप्सेमा सूचीकृत भएसँगै सोमबार नेप्सेको स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको सेयर पहिलो कारोबार भएमा दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।
 
नेप्सेले कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि ९७ रुपैयाँ ८७ पैसादेखि २९३ रुपैयाँ ६१ पैसासम्म ओपनिङ रेञ्ज तोकेको छ ।