Trending :
 

यस्तो छ सोमबार विदेशी मुद्राको विनिमय दर

आश्विन ०८,२०८०

-आस्था न्युज

असोज ८, २०८० काठमाडौं । 
नेपाल राष्ट्र बैंकले आज असोज ८ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
 
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४० पैसा र बिक्री दर १३३ रुपैयाँ शून्य पैसा पुगेको छ।
 
युरो एकको खरिद दर १४१ रुपैयाँ ०६ पैसा र बिक्री दर १४१ रुपैयाँ ७० पैसा रहेको छ।
 
बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ०७ पैसा र बिक्री दर १६२ रुपैयाँ ७९ पैसा रहेको छ।
 
 
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।