Trending :
 

फार्मेसीभन्दा फार्मासिस्ट कम हुनु दुर्भाग्यः स्वास्थ्यमन्त्री बस्नेत

आश्विन ०८,२०८०

-आस्था न्युज

असोज ८, २०८० काठमाडौं ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा फार्मेसी भन्दा फार्मासिस्टहरूको सङ्ख्या कम हुनु दुर्भाग्य भएको बताएका छन् ।
 
सोमबार काठमाडौंमा फार्मासिस्ट दिवसको उपलक्ष्यमा आयोजित शुभकामना तथा सम्मान कार्यक्रममा उनले फार्मासिस्ट भनेर फार्मेसीमा नाम झुन्ड्याउने नपढेको मानिसले फार्मेसी चलाउने समस्या रहेको बताएका हुन् ।
 
उनले भने, ‘फार्मेसीभन्दा फार्मासिस्टहरूको सङ्ख्या कम हुनु हाम्रो लागि अर्को दुर्भाग्य हो । हामीले हेर्दा जसको नामबाट फार्मासिस्ट भनेर फार्मेसीमा झुण्ड्याएको छ । त्यो फार्मासिस्टले त्यो पसलको अनुहार नै जिन्दगी भर नहेरेको पनि फेला प¥र्यो ।’
 
उनले देशको विकासको लागि काम गर्ने अठोट लिएको भन्दै आफूलाई काम गर्न कुनै पद जाला भन्ने डर नरहेको दाबी गरे । उनले भने, ‘गर्नुपर्छ भन्ने अठोट मसँग छ, काम गर्ने कुरामा कसैले के भन्ला, मन्त्री जाला, अप्ठ्यारो पर्ला, मुद्दा मामिला होला भन्ने मलाई मतलव छैन् ।’