प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा नआएको मेयर बालेन शाहको भनाई
-आस्था न्युज
असोज ८, २०८० काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रदर्शनरत अभियन्ताहरूलाई संवादमा बोलाउँदा राजनीतिक स्वार्थ जोडिएकाले नआएको बताएका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले राष्ट्रिय सभागृह अगाडि आन्दोलनरतलाई संवादमा बोलाउँदा पनि नआएको भन्दै के वार्ता हामीले उहाँहरूको नेतासँग गनुपर्ने हो भनि प्रश्न गरेका छन् ।
उनले लेखका छन्,‘विगत केही दिनदेखि केही अभियानताहरू आन्दोलनमा हुनुहुन्थ्यो, उहाँहरूको कुरा सुन्न उहाँहरू उभिरहेको ठाउँमा म आफैं गएर वार्ता गरौं यहाँहरूको कुरा र समस्या सुनौं भन्दा अभियानताहरू संवादमा बोलाउँदा आउन खोज्नु भएन ।
लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौं, सयाद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौं । के वार्ता हामीले उहाँहरूको नेतासँग गर्नु पर्ने ?’
अभियन्ताहरू गत मंगलबारदेखि राष्ट्रिय सभागृह अगाडि उभिएर आन्दोलनरत छन् ।