Trending :
 

अन्तरराष्ट्रिय फौजदारी अदालतका अध्यक्षलाई खोजी गर्नुपर्ने अपराधीको सूचीमा

आश्विन ०८,२०८०

-आस्था न्युज

असोज ८, २०८० काठमाडौं ।
रुसले अन्तरराष्ट्रिय फौजदारी अदालत (आइसिसी)का अध्यक्षलाई खोजी गर्नुपर्ने अपराधीको सूचीमा समावेश गरेको छ । 
 
रुसले राष्ट्रपति भ्लादिमिर पुटिनलाई पक्राउ गर्न खोज्ने अन्तरराष्ट्रिय फौजदारी अदालतका अध्यक्ष होफम्यानस्की पिओटर जोजेफलाई सोमबार खोजी गर्नुपर्ने अपराधीको सूचीमा समावेश गरेको हो । 
 
पोल्याण्डका नागरिक होफम्यानस्कीलाई रुसी महासङ्घको फौजदारी संहिताको एक दफाअन्तर्गत फरार व्यक्तिको सूचीमा समावेश गरिएको रूसी समाचार एजेन्सीुहरूले त्यहाँको गृह मन्त्रालयलाई उद्धृत गर्दै जनाएका छन् ।
 
सन् २०१५ देखि आइसिसीको न्यायाधीश रहनुभएका होफम्यानस्की २०२१ को मार्चमा अध्यक्ष चुनिनुभएको हो ।