क्यानले फ्रेन्चाइज क्रिकेट आफै गर्ने
-आस्था न्यूज
असोज १०, २०८० काठमाडौं ।
नेपाल क्रिकेट संघ क्यानले फ्रेन्चाइज क्रिकेट नेपाल प्रिमियर लिग आफै आयोजना गर्ने निर्णय गरेको छ ।
क्यानको मंगलबार बसेको कार्यसमिति बैठकले नेपाल प्रिमियर लिग मार्च(अप्रिलमा आफै आयोजना गर्ने निर्णय गरेको हो ।
बिदेशी खेलाडी बिनाका अन्य फ्रेन्चाईज लिग आयोजना गर्न अनुमती दिने निर्णय गरेको क्यानले आमिर अख्तरले आयोजना गर्दै आएको इपीएललाई एनपीएल आयोजना पश्चात छलफल गरि निर्णय गर्ने गरि सहमती जुटाएको छ ।
क्यानले यसअघि सेभेन थ्री स्पोर्ट्ससँग मिलरे नेपाल टी ट्वान्टी लिग आयोजना गरेको थियो । प्रतियोगिता विवादीत बनेपछि क्यानको नेतृत्वनै संकटमा परेको थियो ।
क्यानको नयाँ कार्यसमिति चयन भए पश्चात पहिलो बैठकले त्रिदेशीय सिरिज आयोजना गर्नेदेखि हरेक प्रदेशमा क्रिकेट मैदानका लागि काम गर्ने निर्णय गरेको छ ।