Trending :
 

आठ सय रुपैयाँले घट्यो सुनको मूल्य

आश्विन १०,२०८०

-आस्था न्यूज

असोज १०, २०८० काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य आठ सय रुपैयाँले घटेको छ ।
 
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाल सुन तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।  
 
अघिल्लो दिन मङ्गलवार प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको तेजाबी आज १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ ।
 
त्यस्तगरी, आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको छ ।