Trending :
 

भुटानलाई पराजित गर्दै पाकिस्तान साफ च्याम्पियनसिपको फाइनलमा

आश्विन १०,२०८०

-आस्था न्यूज

असोज १०, २०८० काठमाडौं ।
पाकिस्तानले सडेन डेथमा भुटानलाई पराजित गर्दै साफ यू-१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । 
 
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले भुटानलाई सडेन डेथमा ६-५ गोलअन्तरले हराउँदै साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।
 
यु १९ साफ च्याम्पियनसिपमा पाकिस्तानको यो पहिलो सहभागिता हो । खेलको निर्धारित समयसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
 
टाइब्रेकरको पहिलो सेटमा दुवै टोलीका समान पाँच–पाँच जना खेलाडीले गोल गरेपछि खेल सडन डेथमा धकेलिएको हो । सडन डेथमा पाकिस्तानका आदिल युनास, शाह जहान, अलि जफर, खुर्सिद आलम, मुहम्मद सदाम र कमिल अहमद खानले गोल गरेका थिए ।
 
त्यस्तै भुटानका लागि किञ्जाङ तेन्जिङ, जिग्मे नाम्ग्येल, रिन्जिन दोर्जी, उग्यन दोर्जी र पेमा जाङपोले गोल गरे । छेत्रीम पेलजाङको पेनाल्टी भने पाकिस्तानका गोलरक्षक साहिल गुलले रोकेका थिए । पाकिस्तानले फाइनल खेलमा आजै साँझ ५.३० बजे हुने नेपाल र भारतबीचको विजेता टोलीसँग खेल्ने छ ।