Trending :
 

मुल्यवद्धि नियन्त्रणमा गम्भीर बन्न नेकपा एसका अध्यक्ष नेपालद्वारा सरकारलाई आग्रह

आश्विन ११,२०८०

-आस्था न्युज

असोज ११, २०८० काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले, अहिलेको मुल्यवृद्धी अस्वाभाविक भएको भन्दै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । 
 
नेकपा एकीकृत समाजवादीको मेची महाकाली समाजवादी जागरण यात्राका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको मुल्यवृद्धि नियन्त्रणका लागि सरकारले सकरात्मक प्रयास नै नथालेको भन्दै असन्तुष्टि पोखे । 
 
उनले भने, ‘यसरी जुन मूल्यवृद्धि भईरहेको छ, त्यसलाई नियन्त्रण गर्न सरकारको तर्फबाट राम्रो प्रयत्न भईरहेको देखिदैँन् । भाउ एकै पटक बढाउने कुनै औचित्य छैन्। त्यसमा बढाउन कही छलफल गर्नुपर्ने होला तर आफ्नो हिसाबमा जसरी बढाउने काम भईरहेको छ । यस सन्दर्भमा सरकारको ध्यान हामी पनि आकर्षण गर्न चहान्छौं।’ 
 
सञ्चालन गर्न लागेको कार्यक्रम जनताको बीचमा पार्टीको विचार र धारणाहरु पु¥याउने उद्देश्यले गर्न लागेको बताए । 
 
‘अहिले सञ्चालन गर्न लागेको कार्यक्रम हाम्रो पार्टीले आफ्नो संगठनको प्रयोग गरेर देश व्यापी रुपमा जनताको बीचमा पु¥याउने उद्देश्यले आयोजना गरिएको हो ।’ उनले भने, ‘जनताको माझमा आफ्नो विचार र धारणाहरु पु¥याउने उद्देश्यले जनतामा एउटा विश्वास सिर्जना गर्ने र पार्टी समस्याहरुको बारेमा सही बुझाई छ र समाधानको पनि प्रष्ट सोच रहेको छ भन्ने धारणा बनाएर अगाडि बढेका छौँ । 
 
उनले पार्टीले थालेको अभियानको उद्देश्य सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरणकासाथ शोषण, उत्पीडन, अत्याचार जस्ता विकृतिबाट मुक्त समाजलाई सभ्य बनाउनु रहेको पनि बताए । 
यस्तै, उनले शिक्षा विधेयकको कुरा गर्दै नीतिगत रुपमा यो विषयलाई मिलाएर शिक्षकहरुलाई न्याय प्रदान गर्नुपर्ने बताए ।