Trending :
 

एनआरएन युएईले पास्पोर्ट नविकरणका लागी घुम्ती सेवा सञ्चालन गर्ने

आश्विन ११,२०८०

-आस्था न्युज

असोज ११, २०८० काठमाडौं ।
एनआरएन (नेपाल एसोसिएसन) युएईले ई राहदानी नविकरणका लागि घुम्ती सेवा गर्ने भएको छ । बिभिन्न कारणले समयमै राहदानी बनाउन नपाएका श्रमिकको सहजताका लागि दुतावाससँगको सहकार्यमा एनआरएन युएईले ‘पास्पोर्ट बुट’ क्याम्प मार्फत यो सेवा दिन लागेको हो ।
 
एनआरएन युएईले दुबइको जबिल आली डिआइपी १ मा आगामी अक्टोबर १ आइतबारका दिन घुम्ती सेवा राखेको जनाएको छ ।
 
घुम्ती सेवामा राजस्व बाहेक अन्य शुल्क नलीई सेवा प्रदान गर्ने एनआरएन९नेपाल एसोसिएसन० युएईका सचिव नबराज श्रेष्ठले जानकारी दिए ।