Trending :
 

मौसमः चट्याङसहित हल्का वर्षाको सम्भावना

आश्विन १२,२०८०

-आस्था न्युज

असोज १२, २०८० काठमाडौं । 
देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ ।
 
विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागका थोरै स्थानमा र बाँकी भू-भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
 
विभागले राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कोसी र मधेस प्रदेशसहित देशका पहाडी भू-भागको थोरै स्थानमा र बाँकी भू-भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
 
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।