Trending :
 

एमाले वाग्मती अधिवेशनमा आज मतदान हुँदै, अध्यक्षमा कैलाश ढुंगेल र कृष्ण दाहालबीच प्रतिस्पर्धा

आश्विन १२,२०८०

-आस्था न्युज

असोज १२, २०८० काठमाडौं । 
 
नेकपा (एमाले) वाग्मती प्रदेशको अधिवेशनमा आज मतदान हुँदै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अधिवेशनमा संशोधित कार्यतालिका अनुसार बिहान ८ बजेबाट मतदान हुनेछ । 
 
अध्यक्ष पदमा पाँच आकांक्षीले उमेदवारी दर्ता गराएका थिए । त्यसमध्ये अहिले अध्यक्षमा दुईजना मात्रै उमेदवार बाँकी छन् । कैलाश ढुंगेल र कृष्ण दाहालबाहेकले उमेदवारी फिर्ता लिइसकेका छन् ।