Trending :
 

पशुपन्छी विकास तर्फका कार्यालयको मन्त्री भुसालले गरे छड्के अनुगमन

आश्विन १२,२०८०

-आस्था न्युज

असोज १२, २०८० काठमाडौं । 
कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले पशुपन्छी विकास अन्तर्गतका केन्द्रीय कार्यालयहरुको छड्के अनुगमन गरेका छन् ।
 
उनले काठमाडौं स्थित त्रिपुरेश्वरमा रहेका केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोशाला, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, केन्द्रीय रिफरल पशु चिकित्सालय, नेपाल पशु चिकित्सा परिषदको छड्के अनुगमन गरेका हुन् ।
 
कार्यालय समयमै छड्के अनुगमनमा निस्किएका मन्त्री भुसालले आजसम्म भएगरेका काम कारबाहीबारे जानकारी लिदैँ तत्कालै गर्नुपर्ने काम गर्न कर्मचारीदाई निर्देशन समेत दिएका छन् ।
 
देशभरका पशुपन्छीमा लाग्ने रोग, चाहिने खोप, विरामी पशुपन्छीको उपचार लगायतका क्षेत्रमा यी कार्यालयले काम गर्दै आएको छ । 
 
लम्पी स्किन रोगको कारण देशभरका पशुमा क्षति पुगिरहेको बेला यस रोगको निदानका सरकारले काम गरिरहेको  मन्त्री भुसालको भनाई छ ।