Trending :
 

एमाले बागमतीको नेतृत्व छान्न मतदान जारी

आश्विन १२,२०८०

-आस्था न्युज

असोज १२, २०८० काठमाडौं ।
नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।
 
पार्टी केन्द्रीय कार्यालय च्यासलमा मतदानका लागि इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरिएको छ ।
 
नेतृत्व चयनका लागि प्रतिनिधिहरुले लामबद्ध भएर मतदानमा भाग लिइरहेका छन् ।
 
प्रदेश अध्यक्षमा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल उम्मेदवार छन् ।
 
उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथला गरी ४ जना तथा सचिवमा नवराज सिलवाल र हस्तबहादुर पण्डित प्रतिस्पर्धामा छन् ।