Trending :
 

अर्थ समितिको कार्यविधि २०८० स्वीकृत

आश्विन १२,२०८०

-आस्था न्युज

असोज १२, २०८० काठमाडौं ।
अर्थ समितिको कार्यविधि, २०८० स्वीकृत भएको छ ।
 
शुक्रबार बसेको समितिको  बैठकले मस्यौदामाथि दफावार छलफलपछि कार्यविधि स्वीकृत गरेको सभापति सन्तोष चालिसेले जानकरी दिएका हुन् । 
 
उनले भने, ‘माननीय सदस्यहरुले राख्नुभएको राय, सल्लाह र सुझावलाई समेटेर कार्यविधि तयार गर्न सचिवालयलाई निर्देशन दिन्छु । आजको यो हाम्रो कार्यविधि सचिवालयले फाइनल गर्ने गरी पास भयो ।’
 
उनले आफूहरुले दिएको ८० प्रतिशत निर्देशन लागु नभएको भन्दै भत्ताको लागि मात्र बैठक बसेको जस्तो नकारात्मक सन्देश गएको बताए । 
 
अनुगमन समिति बनाएर फास्ट ट्र्याक बाट समितिको दायित्व पूरा गर्न लागि पर्ने उनको भनाई छ  । 
 
‘दिएको ८० प्रतिशत निर्देशन लागु नहुने भयो भने बैठक बसेको के अर्थ निर्देशन आईरहन्छ गईरहन्छ भन्ने भयो मन्त्रालयलाई पनि यसरी भत्ता खान मात्र बैठक बस्न सकिँदैन । आजै भन्छु १६ गते ११ बजे बस्छौ अर्को ।  एजेण्डा सहित त्यसमा अनुगमन समिति बनाएर फास्ट ट्र्याक बाट समितिको दायित्व पूरा गर्न लाग्ने छौं।’ उनले भने । 
 
बैठकमा सभापति चालिसेले कार्यसूचीमा परेका विषयको गाम्भीर्य, प्रकृति र महत्व हेरी बैठक सञ्चालन गर्ने र समयावधि तोक्ने जिम्मेवारी तोकिएको जानकारी दिए ।