Trending :
 

एभरेष्ट बैंक र निरभाना फिजियोथेरापीबिच छुट प्रदान गर्ने सम्झौता

आश्विन १२,२०८०

-आस्था न्युज

असोज १२, २०८० काठमाडौं ।
एभरेष्ट बैंक लिमिटेड र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर, लाजिम्पाट बिच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । 
 
यो संगै बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुले उक्त वेलनेस सेन्टरबाट विभिन्न सेवामा २५ प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् । 
 
बैंकका रिटेल तथा एसएमई प्रमुख विष्णु प्रसाद ज्ञवाली र वेलनेस सेन्टरका प्रबन्ध निर्देशक रजुल श्रेष्ठद्घारा हस्ताक्षरित उक्त सम्झौता लागू भए संगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले उक्त वेलनेस सेन्टरबाट IPD-Advanced/Manual/Cupping/Laser Physiotherapy, Acupressure, Acupuncture, Moxibustion, Osteopathy, Neuro-Musculo-Skeletal & Cadio-Pulmo pain management, Overall Holistic Well Being (Osteo, Yogic & Marma)  लगायत सेवामा १० प्रतिशत देखी २५ प्रतिशत सम्मको विशेष छुटको लाभ लिन सक्नेछन् ।