Trending :
 

यसरी सुरु भयो नेकपा एसको मेची महाकाली जागरण अभियान (फोटो फिचरसहित)

आश्विन १२,२०८०

-आस्था न्युज

असोज १२, २०८० काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सुशासनको मान्यतामा राज्य चलोस भन्ने धारणा जनता माझ लैजानको लागि मेचि महाकाली अभियान थालिएको दाबी गरेका छन् । 
 
आज पार्टी कार्यालयबाट मेची महाकाली जागरण  तथा संगठन विस्तारको अभियानका लागि पहिलो टोलीलाई विदाई गर्दै उनले सुशासनको मान्यतामा राज्य चल्नुपर्ने धारणा जनताको माझमा प्रस्तुत गर्नेदेखि रोजगारी, समृद्धि र समानताको कुरालाई अगाडि सार्न निर्देशन दिए । 
‘यो यात्राले समाजवादको सन्देश, समाजवादप्रतिको हाम्रो पार्टीको दुष्टिकोण र धारणाहरु, देशको राजनीतिलाई कसरी सकारात्मक दिशामा लिएर जाने, संविधानप्रतिको विश्वास कसरी बलियो बनाउने हो, सुशासनको मान्यतामा राज्य चलोस भन्ने हाम्रो धारणा जनताको माझमा कसरी प्रस्तुत गर्नेदेखि रोजगारीका कुरा, समृद्धिका समस्या, समानता र न्यायका कुरालाई अगाडि सारेर विकास, उत्पादन, समृद्धिको विषयमा काम गर्ने छौ । उनले भने,
अभियानको क्रममा ठाँउ, ठाँउमा सांस्कृतिक कार्यक्रम, सडक नाटकहरु प्रस्तुत गर्ने भन्दै उनले जनतामा नयाँ किसिमको जागरण उजागर गर्नको लागि पार्टी अग्रपंतिमा उभिन तयार भएको बताए । 
‘यस क्रममा हामीले सानो, ठूलो सभाहरु, अन्तरक्रिया, विभिन्न संगठनको बैठकको आयोजना गरेका छौ । यस्तै पार्टीका अन्य गतिविधिहरु, पार्टी प्रवेशका अभियानहरु पनि चल्ने छन् । यो सबै गर्दै महाकालिको किनारमा पुग्ने छौ । यसको लागि पहिलो टोली आज झापा जादैँछ ।’ उनले भने, ‘त्यसपछि भोली १४ गते विहान ११ बजे कार्यक्रम सुरु गरेर यात्रा प्रारम्भ गर्छौ । ठाँउ, ठाँउमा सांस्कृतिक कार्यक्रम, सडक नाटकहरुको पनि प्रस्तुती हुनेछ । यसरी जनतामा नयाँ किसिमको जागरण उजागर गर्नको लागि हाम्रो पार्टी अग्रपन्तीमा उभिन तयार छौ भनेर जनतालाई बुझाउन लागि परेका छौ । ’