Trending :
 

मौसमः पहाडी भूभागमा सामान्य बदली

आश्विन १३,२०८०

-आस्था न्युज

असोज १३, २०८० काठमाडौं ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको हुदाँ देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागहरूमा सामान्यतया मौसम सफा रहेको छ ।
 
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको भने कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
 
राती भने कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
 
कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन मध्यम वर्षाको सम्भावना रहेको छ ।