Trending :
 

चीन भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फिर्ता

आश्विन १३,२०८०

-आस्था न्युज

असोज १३, २०८० काठमाडौं ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किंदै छन् । प्रधानमन्त्री प्रचण्ड र उनको भ्रमण दलका सदस्यहरू आज चीनको छेन्दुबाट  काठमाडौं फर्किने कार्यक्रम रहेको छ । 
 
प्रधानमन्त्री प्रचण्ड गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन् । शुक्रबार प्रधानमन्त्री प्रचण्ड तिब्बतको ल्हासाबाट छेन्दु पुगेका थिए ।  
 
छेन्दुमा प्रधानमन्त्री प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गरेका थिए ।