Trending :
 

एमाले वाग्मती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित

आश्विन १३,२०८०

-आस्था न्युज

असोज १३, २०८० काठमाडौं ।
नेकपा (एमाले) वाग्मती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् । प्रतिस्पर्धी कृष्ण दाहाललाई पराजित गर्दै ढुंगेल अध्यक्षमा निर्वाचित भएका हुन् ।
 
अध्यक्षमा निर्वाचित ढुंगेलले ६९६ मत पाए । उनका प्रतिस्पर्धी दाहालले ४३९ मत पाए । प्रदेश उपाध्यक्षमा दावा दोर्जे लामा निर्वाचित भए । उनले ६१५ मत पाए ।
 
यस्तै, सचिवमा नवराज सिलवालले एक मतले बाजी मारे । सिलवालले ५६८ र हस्त पण्डितले ५६७ मत पाएका छन् ।
 
उपसचिवमा खुलातर्फ प्रेमबहादुर महर्जन र महिलातर्फ भक्तकुमारी लामाले जिते । महर्जनले ३६७ सहित जित निकाल्दा र लामाले ५९९ मत पाएर जितिन् । 
 
मतदानमा एक हजार १३५ मत खसेको थियो । 
यी हुन् एमाले वाग्मती प्रदेशका निर्वाचित पदाधिकारी
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मतदान भएको थियो । एमालेले निर्वाचनमा विद्तुतीय भोटिङ मेसिनको प्रयोग गरेको थियो ।