Trending :
 

देशभर मौसम बदली र वर्षाको सम्भावना

आश्विन १४,२०८०

-आस्था न्युज

असोज १४, २०८० काठमाडौं । 
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम बदली र वर्षाको सम्भावना रहेको छ । 
 
दिउँसो देशभर मौसम आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । 
 
राति भने पनि मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । यस क्रममा राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
 
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 
 
वर्षाका कारण हुनसक्ने असुविधाका साथै चट्याङको जोखिमबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।