Trending :
 

यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर

आश्विन १४,२०८०

-आस्था न्युज

असोज १४, २०८० काठमाडौं । 
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  
 
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा तथा युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ४७ पैसा र बिक्री दर १४१ रुपैयाँ ११ पैसा रहेको छ।
 
बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ५० पैसा र बिक्री दर १६३ रुपैयाँ २३ पैसा कायम हुँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८६.३ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.४२ रुपैयाँ, क्यनेडियन डलर खरिदमा ९८ रुपैयाँ ७७ पैसा, बिक्रीदर ९९ रुपैयाँ २१ पैसा कायम गरिएको छ ।
 
जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८ रुपैयाँ ९३ पैसामा कारोबार भइरहँदा दक्षिण कोरिया वनले १०० को खरिदमा ९ रूपैयाँ ८५ पैसा र बिक्री दर ९ रूपैयाँ ९० पैसा भाउ पाएको छ ।
 
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५।३५ रुपैयाँ रहेको र  बिक्री दर ३५।५१ रुपैयाँमा खरिदबिक्री गरिरहँदा मलेसियन रिंगिट एकको खरिद दर २८।२३ रुपैयाँ रहेको छ भने बिक्री दर २८।३६ रुपैयाँ कायम भएको छ ।
 
साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९।४ पैसा  विक्रीदर ४३०।९८ पैसामा कारोबार हुनेछ ।