Trending :
 

जसपाद्वारा महिला सांसद सम्मानित

आश्विन १४,२०८०

-आस्था न्युज

असोज १४, २०८० काठमाडौं । 
जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना प्रतिनिधिसभाको महिला सांसद र प्रदेशसभाको सदस्यलाई सम्मान गरेको छ । 
 
पार्टीको सङ्घीय परिषद् अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले समाजवादी महिला सङ्घ नेपाल केन्द्रीय समितिद्वारा शनिबार आयोजित कार्यक्रममा उहाँहरुलाई सम्मान गर्नुभएको हो । 
 
 पार्टीको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले दिनुभएको जानकारी अनुसार यसरी सम्मानित हुनुहुनेमा  सांसद सुशीला श्रेष्ठ, रेखा यादव, रञ्जुकुमारी ठाकुर, र मञ्जु शर्मा अन्सारी हुनुहुन्छ ।
 
यसैगरी  राष्ट्रियसभाका सांसद प्रमिला यादव तथा प्रदेशसभाका सदस्य निर्मला तावा, सुरिताकुमारी साह, किरणकुमारी साह, शोभा देवी, ललिता दास, साहिदा खातुन, ममतादेवी मण्डल, अम्बिका काफ्लेसहित१३ सांसदलाई सम्मानित हुनुभएको थियो  ।