१९ औं एसियाली खेलकुद: नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य
-आस्था न्युज
असोज १४, २०८० काठमाडौं ।
१९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको जारी खेलमा नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ ।
नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन जोडेको छ ।
नेपालका लागि कप्तान रोहित पौडेलले ५२, गुल्सन झाले ३५ , कुशल मल्लले अविजित ४७ र कुशल भुर्तेलले ३५ रन बनाए ।
६७ रनमा ४ विकेट गुमाएको अवस्थामा नेपाललाई रोहित, गुल्सन र कुशल मल्लले सम्हालेका थिए ।
मल्लले २० बलमा २ छक्का र ३ चौका हाने । रोहितले २७ बलमा ३ छक्का र ३ चौका हानेका थिए । गुल्सनले २१ बलमा तीन छक्का र १ चौका हानेका थिए ।
पहिलो बलमा छक्का प्रहार गरेका दीपेन्द्रसिंह ऐरी दोस्रो बलमा आउट भए ।