सडक दुर्घटनाको क्षति कम गर्न सबैले भूमिका निर्वाह गर्नुपने गृहमन्त्री श्रेष्ठको जोड
-आस्था न्युज
असोज १४, २०८० काठमाडौं ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक दुर्घटनाको क्षति कम गर्न सबैले आफ्नो आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न आवश्यक भएको बताएका छन् ।
आइतबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८० को उदघा्टन समारोहमा उनले सडक व्यवस्थापन राम्रो नहुँदा सर्वसाधारणलाई सास्ती भएको बताए ।
‘सडक सुरक्षा सडकको गुणस्तर, क्षमता, सवारी साधनहरुको गुणस्तरीयता, चालकलगायत जनसमुदायको चेतना र आचरणमा निर्भर हुने गर्दछ ।
त्यसैले सबैले यसबारे सोचेर सडक दुर्घटनाबाट हुने क्षति कम गर्नुपर्ने आवश्यकता छ ।’
सुरक्षाका लागि बनाएका नीति नियमहरु पालना गर्नुपर्छ भन्दा ट्राफिक प्रहरीहरुलाई गाली गर्ने प्रवृत्ति र मानसिकता रहेको उनको भनाई छ ।
उनले चेतना स्तरलाई विकास गर्नुपर्ने र प्रहरी व्यवस्थापन र प्रभावकारी कामका लागि वैज्ञानिक प्रविधिको प्रयोग गर्नु पर्ने बताए ।