Trending :
 

पेट्रोलियम पदार्थको मूल्य यथावत राख्न निगमलाई सरकारको निर्देशन

आश्विन १४,२०८०

-आस्था न्युज

असोज १४, २०८० काठमाडौं ।
सरकारले तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नबढाउन  निगमलाई निर्देशन दिएको छ । 
 
मन्त्रिपरिषद् बैठकपछि पत्रकारसंग सरकारका प्रवक्ता रेखा शर्माले प्रधानमन्त्रीले पेट्रोलियम पदार्थमा बढेको मुल्य लागु नगर्न निर्देशन दिएको जानकारी दिइन् । 
 
पेट्रोलिएम पदार्थमा भएको मूल्य वृद्धि नियन्त्रण गर्न क्याविनेटको विषय नभएको तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल आयल निगमलाई निर्देशन दिएको प्रवक्ता शर्माको भनाई छ । 
 
‘यो आयल निगमको विषय थियो । मूल्य वृद्धि साविककै कायम गर्ने भन्ने विषयमा  प्रधानमन्त्रीले निर्देशन गरिसक्नुभएको छ । उहाँको निर्देशनमा आयल निगमले केहीेबेरमै सूचना सार्वजनिक गर्दै होला,’  शर्माले भनिन् ।