Trending :
 

८ सय रुपैयाँले घट्यो सुनको मूल्य

आश्विन १४,२०८०

-आस्था न्युज

असोज १४, २०८० काठमाडौं ।
नेपाली बजारमा साताको पहिलो दिन आईतबार छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ ।
 
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ८ हजार रुपैयाँ कायम भएको छ भने, तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा रहेको छ ।
 
एक सातामा मात्रै सुनको मूल्य ४२ सय रुपैयाँले घटेको छ ।